दफा
ग्राहकको पहिचान गर्दा लिनु पर्ने अन्य विवरण
(१) नियम ३ बमोजिमको अवस्थामा बाहेक सूचक संस्थाले ऐनको दफा ७क. बमोजिम ग्राहकको पहिचान गर्दा कम्तीमा देहायको विवरण लिनु पर्नेछ:-

(क) प्राकृतिक व्यक्तिको हकमा,-

(अ) पूरा नाम, थर र लिङ्ग,

(आ) जन्ममिति,

(इ) नागरिकता वा राष्ट्रिय परिचयपत्रमा उल्लिखित स्थायी ठेगाना र हाल बसोबास रहेको स्थान वा कार्यरत रहेको निकायको पूरा ठेगाना वा गरिरहेको व्यवसायको ठेगाना-सहितको पूरा विवरण,

(ई) तत्काल सम्पर्क गर्न सकिने नम्बर र माध्यम सम्बन्धी विवरण,

(उ) आमाबाबु वा आमा वा बाबुमध्ये कुनै एकको पूरा नाम थर,

(५) राष्ट्रियता,

(ए) ग्राहकको प्रकार बमोजिम देहायमध्येका कुनै एक विवरणः-

(१) नेपाली नागरिकको हकमा नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानीको: नम्बर, जारी मिति, जारी भएको स्थान र त्यस्तो परिचयपत्र वाः कागजातको बहाल रहने अवधि निर्धारण गरिएको भएमा सोको अवधि,

(२) नाबालिग नेपाली नागरिकको हकमा जन्मदर्ता प्रमाणपत्र वा नाबालिग परिचयपत्र .नम्बर्‌ र अभिभावक वा संरक्षकको. नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानीको नम्बर, जारी मिति, जारी भएको स्थान र त्यस्तो परिचयपत्र वा कागजातको बहाल रहने अवधि निर्धारण गरिएको भएमा सोको अवधि,

(३) नागरिकताको प्रमाणपत्र नलिएको बालिग नेपाली नागरिकको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस,

(४) विदेशी नागरिकको हकमा राहदानी नम्बर, जारी मिति, जारी भएको स्थान र राहदानी बहाल रहने अवधि,

(५) राहदानी नभएको भारतीय नागरिकको हकमा आधार कार्ड, भारतीय कानून बमोजिम नागरिक हो भनी लिएको प्रमाणपत्रको नम्बर, जारी मिति, जारी गर्ने निकाय र स्थान,

(६) शरणार्थीको हकमा : सम्बन्धित सरकारी वा अन्तर्राष्ट्रिय निकायले दिएको परिचयपत्र नम्बर, जारी मिति, समाप्ति मिति र जारी भएको स्थान।

(ख) कानूनी व्यक्तिको हकमा,-

(अ) कानूनी व्यक्तिको नाम,

(आ) रजिष्ट॒ड तथा व्यावसायिक कार्यालयको ठेगाना, फोन, इमेल; वेबसाइट लगायत त्यस्तै अन्य कुनै सम्पर्क माध्यमको पूरा विवरण,

(इ) कानूनी.व्यक्तिको व्यवसायको प्रकार,

(ई) कानूनी: व्यक्तिको दर्ता, अनुमतिपत्र, इजाजतपत्र वा कारोबार अनुमतिपत्रको नम्बर, जारी मिति, बहाल रहने अवधि, जारी गर्ने निकाय र मुलुक तथा प्रचलित कानून बमोजिम नवीकरण गराउनु पर्नेमा नवीकरण सम्बन्धी विवरण,

(उ) कानूनी व्यक्तिको प्रकार बमोजिम दर्ता वा अनुमतिप्रापत गर्न आवश्यक मुख्य कागजात, व्यवसाय वा मुख्य उद्देश्य,

(उ) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्रको नम्बर र जारी मिति

(ए) सञ्चालक वा व्यवस्थापन समितिः वा त्यस्तै कार्यको लागि गठन भएको अन्य कुनै समिति भए सोका पदाधिकारी तथा उच्च व्यवस्थापकको व्यक्तिगत विवरण,

(ऐ) कानूनी व्यक्तिको पन्ध्र प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व धारण गर्ने व्यक्तिको व्यक्तिगत विवरण,

(ओ) कुनै कानूनी व्यक्तिको पन्ध्र प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व धारण गर्ने कानूनी व्यक्तिको हकमा त्यस्तो कानूनी व्यक्तिको पन्ध्र प्रतिशत वा सोभन्दा बढी शेयर धारण गर्ने व्यक्तिको विवरण,

(औं) सम्बन्धित कानूनी व्यक्तिले ऐनको दफा ३इभुक को उपदफा (१) बमोजिम अद्यावधिक गरी राखेको वास्तविक धनी सम्बन्धी एकीकृत विवरण,

(अं) वर्तमान सञ्चालक वा शेयरधनी वा प्रोप्राइटर वा साझेदार स्वयम्‌ वास्तविक धनी रहेको भनी गरिएको स्व:घोषणा,

(अ:) खाता सञ्चालकको व्यक्तिगत विवरण ।

(ग) कानूनी प्रबन्धको हकमा,-

(अ) कानूनी प्रबन्धको नाम, मुख्य उद्देश्य र कार्य,

(आ) कानूनी प्रबन्धको दर्ता वा स्थापना तथा कार्य सञ्चालन गरेको मुलुक रु सोको ठेगाना, फोन नम्बर, इमेल, वेबसाइट लगायत त्यस्तै अन्य कुनै सम्पर्क माध्यमको पूरा विवरण,

(इ) कानूनी प्रबन्धको दर्ता, अनुमतिपत्र वा इजाजतपत्र, कारोबार अनुमतिपत्र, जारी मिति, बहाल रहने अवधि, जारी गर्ने निकाय र मुलुक तथा प्रचलित कानून बमोजिम नवीकरण _ गराउनु - पर्नेमा नवीकरण सम्बन्धी विवरण,

(ई) ट्रृष्टी, नियन्त्रक, संरक्षक वा सेटलरको नाम र स्थायी बसोबास वा कार्यस्थलको पूरा ठेगाना तथा तत्काल सम्पर्क गर्न सकिने नम्बर-र माध्यम,

(उ) स्थायी-लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र नम्बर र जारी मिति,

(उ) हिताधिकारीको नाम, ठेगाना र वर्ग,

(ए) खाता सञ्चालकको व्यक्तिगत विवरण,

(ऐ) सम्बन्धित कानूनी प्रबन्धले ऐनको दफा इभ्ख, को उपदफा (१) बमोजिम अद्यावधिक गरी राखेको वास्तविक धनी सम्बन्धी एकीकृत विवरण।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले सरकारी निकाय, संस्था वा अन्तरसरकारी अन्तर्राष्ट्रिय संस्थाको ग्राहक पहिचान गर्दा सम्बन्धित,निकाय वा संस्थाको खाता वा कारोबार सञ्चालन गर्ने निर्णय, आर्थिक कारोबार गर्ने सम्बन्धमा दिएको अख्तियारनामा र खाता सञ्चालकको व्यक्तिगत विवरण लिई संस्थागत खाता खोल्नु पर्नेछ।

(३) सूचक संस्थाले ग्राहक वा कारोबारको प्रकृति, क्षेत्र, उत्पादन, सेवा, भुक्तानीको माध्यम र. त्यसको जोखिम अनुरूप ग्राहक पहिचान गर्न आवश्यक थप व्यवस्था गर्नु पर्नेछ।

(४) ऐनको दफा ७क.: को उपदफा (१) को खण्ड

(ग) को प्रयोजनको लागि सूचक संस्थाले एक दिनमा एक पटक वा पटक पटक गरी एक लाख रुपैयाँ वा सो रकम बराबरको विदेशी मुद्राभन्दा बढीको आकस्मिक कारोबार गर्ने ग्राहकको पहिचान गर्नु पर्नेछ।

(५) सूचक संस्थाले ग्राहकको खाता खोल्दा प्रचलित कानूनको अधीनमा रही खाता सञ्चालकको ल्याप्चे सहील्लाप लिनु पर्नेछ।

तर सूचक संस्थाले ग्राहकको खाता खोल्दा वा कारोबार गर्दा विद्युतीय सही वा ल्याप्चे लिई अभिलेख राखेको भएमा त्यस्तो ग्राहकको ल्याप्चे सहीछाप लिइरहनु पर्ने छैन।

(६) उपनियम (४) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि गैरवित्तीय पेशाकर्मी वा व्यवसायी खाता सञ्चालकको ल्याप्चे सहीछाप लिने प्रक्रिया सम्बन्धित नियमनकारी निकायले निर्धारण गरे बमोजिम हुनेछ।

(७) ऐन बमोजिम ग्राहक पहिचान वा सम्पुष्टि गर्न सहुलियत वा छुट भएको वा उपनियम (४) बमोजिम निर्धारित सीमाभन्दा कम रकमको कारोबार पनि शङ्कास्पद देखिएमा सूचक संस्थाले त्यस्तो शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ।